Bizshala
  • शनिबार, पुष १९,२०८२ 12:54:17
Bizshala
Global IME Bank Limited

ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सवः सामाजिक उत्तरदायित्वका १९ कार्यक्रम घोषणा

Hyundai Nepal
ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सवः सामाजिक उत्तरदायित्वका १९ कार्यक्रम घोषणा
Shivam Cement

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवलाई विशेष बनाउँदै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत १९ वटा प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ ।

बैंक विगतका वर्षहरुमा जस्तै यसपटक पनि वार्षिकोत्सवको अवसर पारेर ठूलो स्तरको सामाजिक योगदान दिने कार्यक्रमहरु अगाडि सारेको हो । गत वर्ष १८औँ वार्षिकोत्सवका अवसरमा बैंकले मानविय सहयोग, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता लगायत कार्यक्रम आयोजना गरेको थियो । बैंकले आफ्नो १८औँ वार्षिकोत्सवका अवसरमा मुलुकभर १८ हजार विरुवाहरु रोप्ने कार्यक्रम घोषणा गरेको थियो ।

गत वर्ष बैंकले स्थानीय तह, स्थानीय संघसंस्था तथा सामुदायिक संस्थाहरुको सहकार्यमा वातावरण संरक्षण, जिबिकोपार्जन तथा आयआर्जनमा उपयोगी करिब २१ हजार विरुवा रोपण गरेको थियो ।

१९औँ वार्षिकोत्सवका अवसरमा बैंकले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता तथा मानविय सहयोग, आयआर्जन अभिवृद्धिलाई प्राथमिकता दिदै दुर्गम क्षेत्र, गरिव, विपन्न तथा न्यून आय भएका समुदायलाई लक्षित गरी यी कार्यक्रमहरु देशव्यापी रुपमा सञ्चालन गर्नेछ ।

CG Motors
Bizshala
Garima Development Bank

यी कार्यक्रमहरू मध्ये ग्लोबल आइएमई स्वस्थ नारी पहल एक महत्वपूर्ण कार्यक्रम हो । जसअन्तर्गत बैंकले सातवटै प्रदेशमा १४ वटा निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गर्नेछ ।

शिविरमा स्त्रीरोग विशेषज्ञहरूले स्वास्थ्य जाँच, पाठेघरको क्यान्सर ९भीआईए० परीक्षण, गर्भाशय प्रोल्याप्स उपचार तथा औषधि वितरण जस्ता सेवाहरू प्रदान गरिनेछ ।

यसरी शिविरको क्रममा प्रारम्भिक अवस्थामा पत्ता लागेका तथा गम्भीर बिरामी महिलाहरूको शल्यक्रिया उपचार दोस्रो चरणमा समेत गरिनेछ । विगत पाँच वर्षदेखि नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सञ्चालित यो कार्यक्रमबाट हालसम्म १० हजारभन्दा बढी महिलाहरू लाभान्वित भइसकेका छन् ।

त्यसैगरी, बैंकले सात प्रदेशका सात स्थानमा वृहत् आँखा जाँच तथा मोतियाबिन्दु शल्यक्रिया शिविर आयोजना गर्नेछ । गरिब, विपन्न तथा न्यून आय भएका व्यक्तिहरूलाई लक्षित यो कार्यक्रमले पैसाको अभावमा उपचार नपाएका दुर्गम क्षेत्रका गरिब, विपन्न तथा न्यून आयभएका व्यक्तिहरुको आँखाको समस्याको उपचारमा सहयोग हुने विश्वास बैंकले लिएको छ ।

यसका साथै, बैंकले सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत १५ सय गरिब, विपन्न तथा न्यून आय भएका विद्यार्थीहरूको आखाँ जाँच गरी आवश्यक चश्मा निःशुल्क रुपमा वितरण गर्नेछ ।

त्यसैगरी, बैंकले सात वटै प्रदेशमा स्वास्थ्य शिविरहरू पनि सञ्चालन गरी गरिब तथा न्यून आयभएका समुदायलाई स्वास्थ्य सेवा पुर्याउनेछ । यसका साथै, जटिल तथा दीर्घ रोगका विरामीहरुको उपाचारको लागि बैंकले आर्थिक सहयोग उपलब्ध गराउने भएको छ । स्थानीय निकाय तथा स्वास्थ्य संस्थाको सिफारिसमा बैंकले जटिल रोगको उपचारमा निश्चित रकम सहयोग प्रदान गरिनेछ ।

New Office
Laxmi Sunrise Bank Limited
IME remit

शिक्षा क्षेत्रमा बैंकले गरिब तथा जेहेन्दार छात्राहरूलाई कक्षा ६ देखि १२ सम्म छात्रवृत्ति प्रदान गर्दै आएको छ । विगत पाँच वर्षमा १४० छात्रालाई लाभान्वित गरेको यो कार्यक्रम यस वर्ष थप ७७ जनासहित छात्राहरुमा विस्तार हुनेछ ।

दुर्गम विद्यालयहरूमा पुस्तकालय निर्माण, १ हजार जना विद्यार्थीलाई विद्यालय पोसाक तथा शैक्षिक सामग्री वितरण, प्राथमिक उपचारको तालिम तथा सामग्री हस्तान्तरण जस्ता कार्यक्रमहरू पनि समावेश छन् ।

त्यसैगरी, बैंकले अर्थशास्त्र, व्यवस्थापन तथा कानुन संकायमा उच्च शिक्षा अध्ययनरत गरिब तथा जेहेन्दार विद्याथीलाई एमफिल तथा पीएचडी शोध, अनुसन्धानका लागि वित्तीय सहयोग प्रदान गरिनेछ ।

वातावरण संरक्षणतर्फ ग्लोबल ग्रिन स्कूल कार्यक्रमअन्तर्गत प्लास्टिक विस्थापन, वृक्षारोपण, सरसफाई तथा फोहोर संकलन केन्द्र स्थापना गरिनेछ । स्थानीय तहसँग समन्वय गरी फोहोर व्यवस्थापन तालिम सञ्चालन गरिनेछ ।

रक्तदान कार्यक्रम मुख्य शहरहरूमा आयोजना गरिनेछ भने आश्रम, बालगृहका बालबालिकालाई खाद्यान्न तथा अन्य सहयोग प्रदान गरिनेछ ।

सूचना प्रविधिको विकास र आधुनिक प्रविधिको अबलम्बनसँगै बालबालिकाहरुमा देखा परेको अटिजमको बारेमा चेतनामूलक कार्यक्रमहरु सञ्चालन गरी उनीहरुलाई आवश्यक सहयोग प्रदान गरिनेछ ।

त्यसैगरी, स्वस्थ र अनुशासित युवा जनशक्ति निर्माण गरी राष्ट्र निर्माणमा सहयोग गर्ने उद्देश्यले बैंकले दुर्गम क्षेत्रका गरिब, विपन्न तथा न्यून आय भएका समुदाय तथा विद्यालयमा खेलकुद सामग्री वितरण गर्ने छ ।

साथै, बैंकले आय आर्जन क्षमता अभिवृद्धि गर्ने उद्देश्यले उद्यमशाला कार्यक्रम सञ्चालन गर्नेछ । यस  उद्यमशाला कार्यक्रमअन्तर्गत गरिब तथा न्यून आय भएका व्यक्तिहरुलाई व्यवसायिक तथा सीपमुलक तालिम प्रदान गर्नेछ ।

बैंकले आफ्ना ३५२ वटै शाखाहरूमार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरी विद्युतीय ठगी तथा चोरी न्यूनीकरणका लागि सचेतना फैलाउनुका साथै अधिकतम् जनसंख्यालाई बैंकिङ्ग प्रणालीमा समावेश गर्ने कार्यक्रमहरुको आयोजना गर्नेछ ।

यी सबै पहलले समाजका कमजोर वर्गलाई प्रत्यक्ष लाभ पुर्याउने र दीर्घकालीन विकासमा योगदान दिने अपेक्षा गरिएको छ । ग्लोबल आइएमई बैंकले यसरी वार्षिकोत्सवलाई सामाजिक उत्तरदायित्वसँग जोडेर नेपालको बैंकिङ क्षेत्रमा नयाँ उदाहरण प्रस्तुत गरेको जनाएको छ । बैंकका कार्यक्रमहरुमा मुलुकका सातवटै प्रदेशलाई समेट्ने गरी गरिब, विपन्न तथा न्यून आय भएका समुदायलाई समावेश गरिनेछ ।

यो प्रयासले स्वास्थ्य, शिक्षा तथा वातावरणीय जागरणमा ठूलो प्रभाव पार्ने विश्वास गरिएको छ । 

Bizshala
Muktinath Bikas Bank Limited
IME remit
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.