काठमाण्डौ । अघिल्लो दिन घटेको सुनको भाउ आज फेरि बढेको छ। सोमबारको कारोबारमा सुनको भाउ ४ हजार ६ सय रुपैयाँले बढेको छ ।
यससँगै आज स्थानिय बजारमा सुनको भाउ प्रतितोला २ लाख ६५ हजार कायम भएको छ । अघिल्लो दिन भने एक तोला सुनको कारोबार २ लाख ६० हजार ४ सय रुपैयाँमा भएको थियो । उक्त दिन सुनको भाउ २१ सय रुपैयाँले घटेको थियो ।
यस्तै आज चाँदीको भाउ पनि १८५ रुपैयाँले बढेको छ । चाँदी आज प्रतितोला ४ हजार ६८५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।