काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ह्वाकै बढेको छ । पछिल्लो कारोबारमा सुनको मूल्य ३.०६ प्रतिशत अर्थात १३३ डलरले बढेको छ ।
यो समाचार तयार पार्दासम्म सुनको कारोबार प्रतिऔंस ४ हजार ४६५ डलरमा भईरहेको छ । अमेरिकाले भेनेजुएलामा आक्रमण गरेसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढ्न पुगेको हो । भू–राजनीतिक संकट र अनिश्चितताका बीप्च प्रायः सुनको भाउ उकालो लाग्ने गर्छ ।
गत वर्ष सुनको भाउ ६४ प्रतिशतले बढेको थियो ।
यस्तै पछिल्लो कारोबारमा चाँदीको मूल्य समेत बढेको छ । चाँदीको भाउ ८.४९ प्रतिशत अर्थात ६.२० डलरले बढ्दै प्रतिऔंस ७९.०२ डलर पुगेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।