काठमाण्डौ । स्थानिय बजारमा मंगलबार सुनको भाउ बढेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको भाउमा ३ हजार १ सय रुपैयाँको बढोत्तरी भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज सुनको कारोबार प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँमा भईरहेको छ । अघिल्लो दिन भने एक तोला सुनको कारोबार २ लाख ६५ हजार रुपैयाँमा भएको थियो । उक्त दिन सुनको भाउ ४ हजार ६ सय रुपैयाँले बढेको थियो ।
यस्तै आज चाँदीको भाउ पनि १९५ रुपैयाँले बढेको छ । चाँदी आज प्रतितोला ४ हजार ८८० रुपैयाँमा कारोबार भईरहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।