काठमाण्डौ । रौतहटको सदरमुकाम स्थित गौर प्रादेशिक अस्पतालमा बिरामी, कुरुवा तथा स्वास्थ्यकर्मीहरूको सुविधालाई मध्यनजर गर्दै वर्ल्डलिंकले बुधबारदेखि निःशुल्क वाइफाइ सेवा उपलब्ध गराएको छ।
अस्पतालको सेवालाई प्रविधिमैत्री बनाउने हिसाबले वर्ल्डलिंकले सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पतालको विभिन्न तल्लाहरुमा ईन्टरनेट जडान गरि सराहनीय कार्य गरेको हो।
वर्ल्डलिंकले अस्पतालको सेवा प्रवाहलाई सहज बनाउन मुख्य चारवटा स्थानहरूमा वाइफाइ जडान गरेको छ। अस्पताल प्रवेश गर्ने स्थान र गेट बाहिर प्रतिक्षारत सेवाग्राहीहरूलाई सञ्चारमा सहजता हुने हिसाबले मेन गेटमा वाईफाई जडान गरेको छ भने ओपिडी र प्रशासन शाखामा टिकट काट्न वा रिपोर्ट लिन पालो कुरिरहेका बिरामीहरू लाभान्वित हुने हिसाबले पहिलो तल्लामा ईन्टरनेट जडान गरिदिएको छ।
त्यसैगरि, वार्डहरूमा भर्ना भएका बिरामी र उनीहरूका कुरुवाहरूलाई सञ्चार सुविधा पुग्ने हिसाबले दोस्रो तल्लामा पनि वाईफाई जडान गरिनुको साथै अस्पतालको माथिल्लो तलामा समेत कभरेज सुनिश्चित गरी पूरै भवनभरि इन्टरनेटको पहुँचको लागि तेस्रो तल्लामा सेवा विस्तार गरिएको छ।
फ्री वाईफाई जडान भएपछि निःशुल्क इन्टरनेट सेवा सञ्चालनमा आएपछि बिरामीहरूले आफ्नो मोबाइलमै डिजिटल ल्याब रिपोर्टहरू हेर्न र डाक्टरलाई देखाउन अति सजिलो हुने स्थानीय केशब झाले बताएका छ्न ।
झाले टाढाबाट उपचारका लागि आएका बिरामीका आफन्तहरूले घरपरिवारसँग भिडियो कल र म्यासेजमार्फत सजिलै सम्पर्क गर्न पाउने तथा लामो समय लाइनमा वा पालो पर्खिनुपर्ने अवस्थामा सेवाग्राहीहरूको समयमा सदुपयोग गर्न समेत यसले ठूलो मद्दत पुर्याउने बताए।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।