काठमाण्डौ । ग्लोबल आइएमई बैंकले माघ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसअनुसार बैंकले व्यक्तिगत र संस्थागत निक्षेप दुवैको ब्याजदर स्थिर राखेको छ ।
बैंकले माघ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.५० प्रतिशत र संस्थागतर्फ ३.७५ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ । पुस महिनाका लागि पनि बैंकले व्यक्तिगत र संस्थागत दुवै निक्षेपका लागि यही ब्याजदर प्रदान गरेको थियो ।
व्यक्तिगत निक्षेपतर्फ माघ महिनामा ३ देखि ६ महिना तलका लागि ३.५० प्रतिशत,६ महिनादेखि १ वर्ष तलका लागि ३.७५ प्रतिशत,१ वर्षदेखि २ वर्ष तलका लागि ४ प्रतिशत, २ वर्ष र ३ वर्षभन्दा तलका लागि ५ प्रतिशत, ३ वा सो भन्दामाथिका लागि ५.५० प्रतिशत ब्याजदर दिइने बैंकले जनाएको छ ।
संस्थागत निक्षेपकर्तालाई भने ६ महिनादेखि १ वर्ष तलका लागि २.७५ प्रतिशत र १ वर्षदेखि २ वर्ष तलका लागि २.८५ प्रतिशत, २ वर्षदेखि ३ वर्ष मुनिका लागि ३.२५ र ३ वर्ष र सो भन्दा माथिका लागि ३.७५ प्रतिशत ब्याजदर निर्धारण गरिएको छ ।

