काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउले रेकर्ड कायम गरेको छ । पछिल्लो कारोबारमा सुनको भाउ प्रतिऔंस ४ हजार ६३४ डलर पुगेर रेकर्डस्तरमा पुगेको हो ।
यो समाचार तयार पार्दासम्म भने सुनको मूल्य ०.४० प्रतिशत अर्थात १८.५९ डलरले बढ्दै प्रतिऔंस ४ हजार ६२४ डलर कायम भएको छ ।
अमेरिकी आर्थिक तथ्यांकले त्यहाँको केन्द्रीय बैंकलाई ब्याजदर कटौतीका लागि थप दबाब सिर्जना गरेसँगै सुनको भाउमा वृद्धि देखिएको छ । यस्तै अन्तर्राष्ट्रिय क्षेत्रमा देखिएको भू–राजनीतिक तनावका कारण समेत सुनको भाउ बढ्न पुगेको छ ।
यस्तै चाँदीको भाउ समेत ५.५८ प्रतिशत अर्थात ४.८५ डलरले बढेर प्रतिऔंस ९० डलरमा कारोबार भईरहेको छ ।

