काठमाण्डौ । अघिल्लो दिन किर्तिमानी उचाईमा पुगेको सुनको भाउमा आज गिरावट आएको छ । स्थानिय बजारमा आज सुनको भाउ १५ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने सुनको भाउ प्रतितोला २ लाख ७८ हजार रुपैयाँमा कारोबार भएको थियो । जुन मूल्य हालसम्मकै उच्च हो ।
यस्तै आज चाँदीको भाउमा पनि गिरावट आएको छ । चाँदी आज १७०रुपैयाँले घट्दै प्रतितोला ५ हजार ४८५ रुपैयाँमा कारोबार भईरहेको छ ।

