काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएको छ । पछिल्लो २४ घण्टाको अवधिमा सुनको मूल्य प्रतिऔंस २० डलरभन्दा बढीले बढेको हो । यो समाचार तयार पार्दासम्म अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २२.४२ डलरले वृद्धि भएको छ ।
यो वृद्धिसँगै सुनको मूल्य प्रतिऔंस २ हजार २५६.७४ डलर पुगेको छ ।
सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य ०.१६ डलरले बढ्दै प्रतिऔंस २५.१३ डलर कायम भएको छ ।
नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३० हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख २९ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।