सोमबार, श्रावण १८,२०८३ 03:43:00
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 03:43:00
Bizshala
Global IME Bank Limited

सुनको मूल्यमा भारी वृद्धि, एकैदिन ४६१ डलरको बढोत्तरी

सुनको मूल्यमा भारी वृद्धि, एकैदिन ४६१ डलरको बढोत्तरी
New Office

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ । आजको कारोबारमा सुनको मूल्य ९.०८ प्रतिशत अर्थात ४६१ डलरले बढेको छ ।

यो समाचार तयार पार्दासम्म सुनको मूल्य प्रतिऔंस ५ हजार ५४७ डलरमा कारोबार भईरहेको छ । यसअघि कारोबारको दौराम सुनको मूल्य प्रतिऔंस ५ हजार ५९१ डलरसम्म पुगेको थियो ।

विश्व भू–राजनीतिक तनाव र आर्थिक अनिश्चितताका कारण लगानीकर्ता सुरक्षित लगानीको रुपमा सुनमा आकर्षित बन्दा मूल्य निरन्तर रुपमा बढ्दै गएको छ ।

सुनको मूल्यले पहिलोपटक ५ हजारको थ्रेसहोल्स गत सोमबार पार गरेको थियो । यो साता मात्रै सुनको मूल्य १० प्रतिशतले वृद्धि भईसकेको छ । कमजोर डलर, केन्द्रीय बैंकहरुको बढ्दो खरिदारी र बढ्दो मागका कारण सुनको मूल्य आकाशिएकोृ विश्लेषकहरुले बताएका छन् ।

अमेरिकी केन्द्रीय बैंकले ब्याजदर स्थिर राख्ने निर्णय गरेको छ । जसका कारण समेत सुनको मूल्यमा प्रभाव परेको छ ।

यस्तै आज चाँदीको भाउ १०.५० प्रतिशत अर्थात ११ डलरले बढेर प्रतिऔंस ११७ डलरमा कारोबार भईरहेको छ ।   

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.