काण्माण्डौ । स्थानिय बजारमा आज सुनको मूल्यमा उच्च गिरावट आएको छ । अघिल्लो दिन हालसम्मकै उच्च कायम भएको सुनको भाउ आज २० हजार ५ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँमा सीमित बनेको छ ।
अघिल्लो दिन भने सुनको मूल्य २० हजार ५ सय रुपैयाँले बढ्दै प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो । उक्त मूल्य हालसम्मकै उच्च हो । डलर बलियो बनेसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटेसँगै त्यसको प्रभाव नेपाली बजारमा समेत देखिएको हो ।
यस्तै आज चाँदीको मूल्य समेत घटेको छ । अघिल्लो दिन प्रतितोला ७ हजार ५०५ रुपैयाँको ऐतिहासिक उचाईमा पुगेको चाँदीको मूल्य आज ४४० रुपैयाँले घटेर प्रतितोला ७ ह जार ६५ रुपैयाँमा सीमित बनेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।