काठमाण्डौ । नेपालमा विवाहको सिजन सुरु भएसँगै यामाहाले आफ्नो वार्षिक विवाह सिजन अफर ‘यामाहाः मायासँग मायाको यात्रा’ पुनः सार्वजनिक गरेको छ। प्रेमबाट सुरु हुने नयाँ सुरुवात र जीवनको नयाँ यात्रालाई उत्सवका रूपमा प्रस्तुत गर्ने यो अभियान नेपाली संस्कृति, परम्परा र भावनामा आधारित छ। यसले प्रत्येक अर्थपूर्ण सम्बन्धहरू हरेक पाइलामा सुरक्षित, सहज र भरोसायोग्य हुनुपर्छ भन्ने यामाहाको विश्वासलाई प्रतिबिम्बित गर्ने कम्पनीले जनाएको छ।
विवाह सिजन अफर अन्तर्गत यामाहाले आकर्षक छुटहरू प्रदान गर्दै आएको छ, जसले नयाँ वैवाहिक जीवन सुरु गर्ने जोडीहरूलाई सुरक्षित र भरपर्दो सवारी साधनमा लगानी गर्न सहज बनाउँछ। ग्राहकहरूले यामाहा नेपालबाट शुभ विवाहको प्रतीकस्वरूप रु. ६,००० सम्मको नगद पुरस्कार (सगुन) प्राप्त गर्न सक्नेछन्।
यस अभियान मार्फत यामाहाले जीवनको यस महत्वपूर्ण मोडमा जोडीहरूको भरोसायोग्य साथीका रूपमा साथ दिने लक्ष्य लिएको छ। भरपर्दो प्रदर्शन, उत्कृष्ट राइडर कम्फर्ट र उन्नत सुरक्षा सुविधासहित यामाहाले जोडीहरूलाई आत्मविश्वासका साथ अगाडि बढ्न सहयोग गर्ने कम्पनीको विश्वास छ।
यो पहलसँगै यामाहाले सवारी साधन मात्र नभई प्रेमलाई साथ दिने, परिवारको सुरक्षा गर्ने र नयाँ सुरुवातलाई सशक्त बनाउने ब्रान्डको रूपमा आफूलाई पुनः प्रमाणित गरेको कम्पनीको भनाई छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।