काठमाण्डौ । स्थानिय बजारमा सुनकाृ मूल्य घट्ने क्रम आजपनि जारी रहेको छ । आजको कारोबारमा सुनको मूल्यमा उच्च गिरावट आएको छ । यससँगै सुनको भाउ ३ लाखबाट तल झरेको छ ।
सोमबारको कारोबारमा सुनको भाउ १३ हजार ४ सय रुपैयाँले घटेको छ ।
यो गिरावटसँगै सुनको मूल्य प्रतितोला २ लाख ८६ हजार ६ सय रुपैयाँमा सीमित बनेको छ ।
अघिल्लो दिन पनि सुनको भाउ १८ हजार ८ सय रुपैयाँले घट्दै प्रतितोला ३ लाखमा झरेको थियो ।
यस्तै आज चाँदीको भाउ समेत घटेको छ । चाँदीको मूल्य ३ सय रुपैयाँले ओरालो लाग्दै प्रतितोला ५ हजार २ सयमा सीमित बनेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।