सोमबार, श्रावण १८,२०८३ 02:02:41
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:02:41
Bizshala
Global IME Bank Limited

जेनजी आन्दोलनका कारण निर्जीवन बीमकहरुको नाफा प्रभावित, ५ कम्पनीले व्यहोरे रु.६०.६९ करोड घाटा

जेनजी आन्दोलनका कारण निर्जीवन बीमकहरुको नाफा प्रभावित, ५ कम्पनीले व्यहोरे रु.६०.६९ करोड घाटा
New Office

काठमाण्डौ । निर्जीवन बीमा कम्पनीहरु घाटामा देखिएका छन् । चालु आवको दोस्रो त्रैमाससम्म निर्जीवन बीमा कम्पनीहहरु समग्रमा ४१ लाख १५ हजार रुपैयाँ घाटामा देखिएका छन् ।  

गत आवको सोही अवधिसम्म निर्जीवन बीमा कम्पनीहरुले समग्रमा १ अर्ब ३५ करोड ८६ लाख रुपैयाँ नाफा कमाएका थिए ।  

सो अवधिसम्म ९ कम्पनी नाफामा छन् भने ५ कम्पनीले ठूलो घाटा ब्यहोरेका कारण समग्रमा निर्जीवन बीमकहरु घाटामा देखिएका हुन् । नाफामै रहेका कम्पनीहरुको पनि गत आवको दोस्रो त्रैमासको तुलनामा नाफा ह्वात्तै घटेको छ ।  

जेनजी आन्दोलनपश्चात् निर्जीवन बीमा कम्पनीहरुमा परेको ठूलो बीमा दाबीले बीमकहरुको नाफा प्रभावित बन्न पुगेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार जेनजी आन्दोलनका कारण बीमा कम्पनीहरुमा अर्बौ रकम बीमा दाबी परेको छ । सोमध्ये बीमकहरुले केही प्रतिशत मात्रै भु्क्तानी दिएका छन् भने अधिकांश रकम भुक्तानी हुनै बाँकी छ ।  

यसरी बीमा कम्पनीहरुमा ठूलो दायित्व सिर्जना भएका कारण बीमकहरुले आफ्नो कोषमा भएको रकमसमेत दाबी भुक्तानीमा खर्चेको देखिन्छ ।  

सो अवधिसम्म सबैभन्दा बढी नाफा कमाउनेमा राष्ट्रिय बीमा कम्पनी रहेको छ । कम्पनीले १७ करोड ७२ लाख रुपैयाँ नाफा कमाएको छ । तर कम्पनीको यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ६०.३४ प्रतिशत कम हो ।  

त्यस्तै, ओरियन्टल इन्स्योरेन्सले १६ करोड २२ लाख, प्रभु इन्स्योरेन्सले १२ करोड २४ लाख, नेशनल इन्स्योरेन्सले ६ करोड १० लाख, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ३ करोड ७३ लाख, हिमालयन एभरेष्टले १ करोड ५७ लाख, एनएलजीले १ करोड १० लाख, नेको इन्स्योरेन्सले १ करोड ७ लाख र नेपाल इन्स्योरेन्सले ४९ लाख रुपैयाँ मात्रै नाफा कमाएको छ ।  

सो अवधिसम्म ५ कम्पनीले भने ठूलो घाटा ब्यहोरेको छ । जसमा सबैभन्दा बढी आइजीआई प्रुुडेन्सियलले १८ करोड ११ लाख रुपैयाँ घाटा ब्यहोरेको छ ।

त्यस्तै, सिद्धार्थ प्रिमियरले १७ करोड ८५ लाख, युनाइटेड अजोडले १० करोड ६६ लाख, सानिमा जिआइसीले ९ करोड ५९ लाख र शिखर इन्स्योरेन्सले ४ करोड ४७ लाख रुपैयाँ घाटा ब्यहोरेको छ ।  

यसरी सो अवधिसम्म ५ कम्पनीले मात्रै ६० करोड ६९ लाख रुपैयाँ भन्दा बढी घाटा ब्यहोरेका छन् । नाफामा रहेका ९ कम्पनीमध्ये पनि प्रभु इन्स्योरेन्स बाहेक सबैको नाफा गत आवको तुलनामा ह्वात्तै घटेको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.