शुक्रबार, फाल्गुन १५,२०८२ 03:44:55
Bizshala
  • शुक्रबार, फाल्गुन १५,२०८२ 03:44:55
Bizshala
Global IME Bank Limited

अपर तामाकोशी हाईड्रोद्वारा घाटाबाट बाहिरिँदै ९९.६५ करोड नाफा आर्जन, आम्दानीमा पनि ८१% को वृद्धि

अपर तामाकोशी हाईड्रोद्वारा घाटाबाट बाहिरिँदै ९९.६५ करोड नाफा आर्जन, आम्दानीमा पनि ८१% को वृद्धि
Shivam Cement

काठमाण्डो । विद्युत बिक्री आम्दानीमा उल्लेख्य सुधार आएसँगै अपर तामाकोशी हाईड्रोपावर कम्पनी लिमिटेडले घाटाबाट बाहिरिँदै नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ९९ करोड ६५ लाख रुपैयाँबराबरको ख।द नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ८२ करोड ११ लाख रुपैयाँ  घाटामा थियो ।

कम्पनीले यो अवधिसम्म विद्युत बिक्रीमार्फत ६ अर्ब ७ करोड रुपैयाँ आर्जन गरेको छ । जुन गत अवर्षको सोहि अवधिको तुलनामा ८१.४४ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले विद्युत बिक्रीमाफर्त ३ अर्ब ३४ करोड रुपैयाँ आम्दानी गरेको थियो ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

कम्पनीको वित्त आम्दानी भने १ करोड ७४ लाखबाट बढेर ९८ लाख ५९ हजार रुपैयाँमा सीमित भएको छ । कम्पनीको वित्त खर्च पनि २ अर्ब ९८ लाखबाट घटेर २ अर्ब ७५ करोडमा सीमित बनेको छ ।  

कम्पनीको रिटेन्ड अर्निङ ११ अर्ब ४५ करोड रुपैयाँले ऋणात्मक अवस्थामा रहेको छ । कम्पनीको कुल चालु सम्पत्ति ५ अर्ब ८० करोड र कुल चालु दायित्व ४ अर्ब २ करोड रुपैयाँ रहेको छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

त्यस्तै समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ४.७१ रुपैयाँ ,प्रतिसेयर नेटवर्थ ५०.०४ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३९०.८८ र तरलता अनुपात १.४४ प्रतिशत कायम भएको छ ।     

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.