काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । आजको कारोबारमा सुनको मूल्य ०.६३ प्रतिशत अर्थात ३१ डलरले घटेको छ ।
यो गिरावटसँगै सुनको कारोबार प्रतिऔंस ४ हजार ९९१ डलरमा भईरहेको छ ।
डलर बलियो बनेसँगै र अमेरिकी मुद्रास्फितीको तथ्यांक अपेक्षा गरेभन्दा नरम देखिएकाले फेडरल रिजर्भले ब्याजदरमा कटौती गर्ने सम्भावना बढेकाले सुनको मूल्यमा गिरावट आएको विश्लेषकहरुले बताएका छन् ।
यस्तै आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदी आज ३.४९ प्रतिशत अर्थात २.७३ डलरले घटेर प्रतिऔंस ७५ डलर कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।