काठमाण्डौ । स्थानिय बजारमा सुनको मूल्यमा उच्च वृद्धि भएको छ । आइतबारको कारोबारमा सुनको मूल्यमा ५ हजार ६ सय रुपैयाँको बढोत्तरी भएको छ ।
आज सुनको मूल्य प्रतितोला ३ लाख १० हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गत शुक्रबार भने सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँ कायम थियो ।
यस्तै आज चाँदीको भाउमा पनि उछाल आएको छ । चाँदी आज ३७५ रुपैयाँले बढ्दै प्रतितोला ५ हजार ४२५ रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।