शनिबार, बैशाख १३,२०८२ 05:06:06
IME remit
  • शनिबार, बैशाख १३,२०८२ 05:06:06
IME remit
Global IME Bank Limited

इन्दिरा आईभीएफले पायो आफ्नो पहिलो तीन आईभीएफ केसमा सफलता

Hyundai Nepal
इन्दिरा आईभीएफले पायो आफ्नो पहिलो तीन आईभीएफ केसमा सफलता
Nabil Bank Limited

काठमाण्डौ । इन्दिरा आईभीएफले एक महत्त्वपूर्ण कोसेढुङ्गाका रूपमा तीन दम्पतीहरूको गर्भावस्थाको पुष्टि गर्दै आफ्नो पहिलो तीन इन भिट्रो फर्टिलाइजेसनकेसहरूको सफलताको घोषणा गरेको छ। दम्पतीहरूको धैर्य र इन्दिरा आईभीएफका अनुभवी टोलीको समर्पणको मर्म बोकेका यी कथाहरू विशेष अनि प्रेरणादायी छन्।

पहिलो केसमा,एक २६ वर्षीया महिला पहिलेदेखि नै रहेको मुटुको समस्या, अन्य स्वास्थ्य समस्याहरू र अघिल्लो गर्भपातको कारण रहेको तीन वर्षदेखिको बाँझोपनको पीडाको सामना गर्दागर्दै पनि सान्त्वना र मार्गदर्शनको खोजीमा इन्दिरा आईभीएफमा आइपुगेकी थिइन्। प्रारम्भिक जाँचमा उनीसँग सामान्य भन्दा कम अण्डाहरू रहेको संकेत स्वरूप एन्टि(मुलेरियन हर्मोन (एएमएच) को स्तर कम देखिएको थियो।

दोस्रो केसमा,एक ४२ वर्षीया महिलाले रजोनिवृत्ति रएएमएच अति कम स्तरमा पुग्दा सात वर्षदेखि जटिल बाँझोपनसँग संघर्षगर्दै आएकि थिइन्। आईयुआईको चार चक्र र आईभीएफको एक चक्रको असफल प्रयासपछि उनी सहयोग खोज्दैक्लिनिकमा आइपुगेकी थिइन्। विगतका निराशाहरूको बावजुदउनको मातृत्वको यात्राले इन्दिरा आईभीएफमा पुगेर एक आशाजनक मोड लिएको थियो।

त्यस्तै, तेस्रो केस ४४ वर्षीया रजोनिवृत्तिमा प्रवेश गरेकी महिलाको थियोजसमा डिम्बाशय सामान्यभन्दा सानो हुने बाइल्याटरल एट्रोफिक ओभरीको समस्या रहेको थियो। केहि असफल आईयूआई प्रयासहरू समावेश रहेको उनको मेडिकल हिस्ट्री अनुसार उनको श्रीमानमा पनि शुक्राणु संख्या कम हुने एजुस्पर्मियाको समस्या थियो।यसले पनि उनीहरूको प्रजनन समस्यामा थप जटिलता थपेको थियो। उमेर र अति कम एएमएच स्तरका कारण उनको प्राकृतिक प्रजनन क्षमतामा ह्रास आएको थियो। यी चुनौतीहरूका बावजुद क्लिनिकबाट प्राप्त सहायताले उनीहरूको आशा पनि जीवित रहन पुगेको थियो।

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

वरिष्ठ प्रजनन विशेषज्ञ र इन्दिरा आईभीएफकि केन्द्र प्रमुख डा नेहा होमागाईको नेतृत्वमा रहेको टोलीले यी दम्पतीहरूले लामो समयदेखि भोगिरहेको भावनात्मक र शारीरिक कष्टलाई विचार गरेर ती दम्पतीकालागि उनीहरूको विशिष्ट चिकित्सा पृष्ठभूमि अनुरूप नै पर्सनालाइज्ड आईभीएफ योजनाहरू प्रदान गरेका थिए।

‘यी सफल केसहरू टिमवर्कका परिणाम हुन्। हामी यी सफल दम्पतीहरूको खुसीमा साथै छौंर उनीहरूको अभिभावकत्वको सपना पूरा गर्नसमर्पित हाम्रो अनुभवी टोलीप्रतिमलाई गर्व छ। यस्ता कथाहरूले हामीलाई अत्यन्त करुणा र विशेषज्ञताका साथ उन्नत प्रजनन उपचारहरू जारी राख्न थप उत्प्रेरित गर्दछ।’ डा नेहा होमागाईले बताइन् ।

२ हजार ७०० भन्दा बढी व्यक्तीहरूको समर्पित टोलीको साथ भारतमा १३० भन्दा बढी केन्द्रहरू सञ्चालन गर्दैआएको इन्दिरा आईभीएफले भारतमा प्रत्येक वर्ष ४० हजार भन्दा ज्यादा प्रभावशाली आईभीएफ प्रक्रियाहरू सञ्चालन गर्छ। अत्याधुनिक प्रजनन समाधानहरू प्रदान गरिएको इन्दिरा आईभीएफ देशका आशावादी अभिभावकहरूको आकांक्षालाई साकार पार्न अटल समर्पणका साथ नेपालमा प्रवेश गरेको छ। केन्द्रका सबै डाक्टरहरूले भारतमा अवस्थित इन्दिरा फर्टिलिटी एकेडेमीबाट बृहत् प्रशिक्षण अनुभव लिएका छन्।

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
Global IME Bank Limited

यो पनि हेर्नुहोस

IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.