काठमाण्डौ । स्थानिय बजारमा सुनको मूल्य घटेको छ । आजको कारोबारमा सुनको मूल्य ४ हजार २ सय रुपैयाँले ओरालो लागेको हो ।
यससँगै आज एक तोला सुनको मूल्य ३ लाख १३ हजार ४ सय कायम भएको छ ।
गत बुधबार भने सुनको मूल्य प्रतितोला ३ लाख १७ हजार ६ सय रुपैयाँ कायम थियो ।
यस्तै आज चाँदीको भाउ समेत घटेको छ । चाँदी आज ९५ रुपैयाँले सस्तिदै प्रतितोला ५ हजार ४४५ रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।