काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य घटेको छ । पछिल्लो २४ घण्टाको अवधिमा सुनको मूल्य प्रतिऔंस १.११ प्रतिशत अर्थात २५.४६ डलरले घटेको हो । यो समाचार तयार पार्दासम्म अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार २७२.१५ डलरमा सीमित भएको छ ।
यस्तै सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य ०.६५ डलरले घट्दै प्रतिऔंस २६.४४ डलर कायम भएको छ ।
नेपाली बजारमा भने छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३४ हजार र तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३३ हजार ३५० रुपैयाँमा कारोबार भईरहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।