सोमबार, श्रावण १८,२०८३ 02:26:30
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:26:30
Bizshala
Global IME Bank Limited

एकमिनेटमै २२६ कम्पनीको कारोबार, मूल्य घट्ने एउटै कम्पनी बन्यो रिलायन्स

एकमिनेटमै २२६ कम्पनीको कारोबार, मूल्य घट्ने एउटै कम्पनी बन्यो रिलायन्स
New Office

काठमाण्डौ । चुनावी परिणामपछि रास्वपाको नेतृत्वमा प्रचण्ड बहुमतसहितको स्थिर सरकार बन्ने विषयले लगानीकर्ताको मनोबल उच्च भएपछि सोमबार कारोबार खुलेको एक मिनेटमै सेयर बजारमा पोजिटिभ सर्किट लागेको छ ।  

यो क्रममा २२६ कम्पनीको सेयर खरीदबिक्रीमा आएको थियो । कारोबारमा आएका कम्पनीमध्ये २२५ को सेयरमूल्य बढ्यो । तर, अपवादको रुपमा विवादास्पद रिलायन्स स्पिनिंग मिल्स देखियो ।  

बजारमा उछाल आएर लगानीकर्ताको मनोबल उच्च हुँदा र एकमिनेटमै पोजिटिभ सर्किट लाग्दा रिलायन्सको मूल्य भने घटेको छ । 

रिलायन्सको मूल्य  १.४९ प्रतिशतले घटी ६७५ रुपैयाँमा सीमित बन्न पुगेको हो ।  

एकमिनेटमै बजारमा १९ करोड हाराहारीको सेयर किनबेच भएको देखिएको छ।  

सबैभन्दा बढी नारायणी डेभलपमेन्ट बैंकको सेयर खरीदबिक्री भएको देखिएको छ ।  

अरुण भ्याली हाइडोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । श्रीनगर एग्रीटेक, एक्सल डेभलपमेन्ट बैंक, मध्यभोटेकोशी जलविद्युत कम्पनी, पिपुल्स हाइडो लगायतका कम्पनीको सेयरमूल्य पोजिटिभ सर्किट लेभलमा पुगेको छ । 

एकमिनेटको छोटो अवधिमा अन्य समूहको सूचक ६.२३ प्रतिशतले बढेको छ । त्यसपछि जलविद्युत समूह करिब ५ प्रतिशतको उछालसहित अगाडि बढेको छ भने बैंकिंग र उत्पादन तथा प्रशोधन समूहको सूचक ४ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.