सोमबार, श्रावण १८,२०८३ 01:59:58
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 01:59:58
Bizshala
Global IME Bank Limited

बैंकिङ प्रणालीको निक्षेप एकै दिन ९२ अर्बले घट्यो, यस्तो छ कारण

बैंकिङ प्रणालीको निक्षेप एकै दिन ९२ अर्बले घट्यो, यस्तो छ कारण
New Office

काठमाण्डौ । बैंकिङ प्रणालीको निक्षेप एकै दिन १.४८ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चैत २० गते बैंकिङ प्रणालीबाट ९२ अर्ब बाहिरिएको हो । चैत १९ गते ६१ खर्ब ९९ अर्ब रुपैयाँ निक्षेप संकलन रहेको बैंकिङ प्रणालीमा चैत २० गते भने १.४८ प्रतिशतले घटेको हो ।  

चैत २० गते बैंकिङ प्रणालीको कुल निक्षेप घटेर ६१ खर्ब ७ अर्ब रुपैयाँमा सीमित बनेको छ । कुल निक्षेपमा वाणिज्य बैंकहरुको निक्षेप ५३ खर्ब ९४ अर्ब रुपैयाँ रहेको छ । अघिल्लो दिन वाणिज्य बैंकहरुको कुल निक्षेप ५४ खर्ब ८५ अर्ब रहेको थियो । यसरी वाणिज्य बैंकहरुको निक्षेप पनि एक दिनको अन्तरालमा ९१ अर्बले घटेको छ ।  

बैंकिङ क्षेत्रको कुल कर्जा प्रवाह भने स्थिर रहेको छ । अघिल्लो दिन ५० खर्ब ८८ अर्ब रहेको कर्जा प्रवाह चैत २० मा पनि यति नै रहेको छ । बैंकिङ प्रणालीको निक्षेप घटेसँगै सीडी रेसियो ७९.६९ प्रतिशतबाट बढेर ८०.८६ प्रतिशत पुगेको छ ।  

चैत १९ गते अर्थ मन्त्रालयले बैंकहरुले स्थानीय तहको सञ्चित कोषको रकमलाई निक्षेपमा गणना नपाउने निर्णय कार्यान्वयन गराउन नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको थियो । चैत १६ गतेको अर्थमन्त्रीस्तरीय बैठकले यस्तो निर्णय गरेको थियो ।  

अर्थमन्त्रीस्तरीय बैठकले  स्थानीय तहको सञ्चित कोषमा रहेको मौज्दातलाई वाणिज्य बैंकको निक्षेपमा गणना गर्ने व्यवस्था हटाउने निर्णय गरेको थियो । हालसम्म स्थानीय तहको सञ्चित कोषमा मौज्दात रहेको रकमको ६० वाणिज्य बैंकहरुले निक्षेपको रुपमा गणना गर्दै आएका थिए ।  स्थानीय तहको सञ्चित कोषमा रहेको मौज्दातलाई वाणिज्य बैंकको निक्षेपमा गणना नपाउने भएपछि बैंकिङ प्रणालीको निक्षेप घट्ने देखिएको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.