सोमबार, श्रावण १८,२०८३ 02:02:21
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:02:21
Bizshala
Global IME Bank Limited

कालोसूचीमा राख्ने विद्यमान प्रावधान संशोधन गर्दै गर्भनर पौडेल

कालोसूचीमा राख्ने विद्यमान प्रावधान संशोधन गर्दै गर्भनर पौडेल
New Office

काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले वित्तीय कारोबार गर्दा कालोसूचीमा राख्ने प्रावधानबारे अध्ययन भइरहेको बताएका छन् ।  

बिहिबार वीरगंजमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कालोसूचीमा राख्ने प्रावधानको विषयमा आफूले गम्भीरतापूर्वक अध्ययन गरिरहेको जानकारी दिएका हुन् ।

कार्यक्रममा उनले चेक ब्याउन्स हुनेबित्तिकै कालोसूचीमा राख्ने विषयमा पनि अध्ययन गरिरहेको बताए । ‘कालोसूचीमा पर्नेहरुको सूची छोटो कसरी बनाउने विषयमा लागिरहेका छौँ’ उनले भने, ‘चेक बाउन्स र  बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका धेरै मानिस कालोसूचीमा पर्ने गरेको देखिएको छ, यो प्रावधानबारे अध्ययन भइरहेको छ ।’  

उनले कालोसूचीमा राख्नुपर्ने र नराख्नुपर्नेलाई कसरी एकीन गर्ने विचार गरिरहेको बताए । साथै कडाई गरेर वा उद्योगी व्यापारीलाई थुनेर व्यापार/व्यवसाय नचल्ने र यसले मुलुकको विकासमा हित नहुने समेत बताए । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.