सोमबार, श्रावण १८,२०८३ 02:23:52
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:23:52
Bizshala
Global IME Bank Limited

सिटिजन्स बैंकद्वारा बाल विकास समाजका विद्यार्थीलाई छात्रवृत्ति प्रदान

सिटिजन्स बैंकद्वारा बाल विकास समाजका विद्यार्थीलाई छात्रवृत्ति प्रदान
New Office

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १७ औं वार्षिकोत्सवका अवसरमा बालविकास समाजलाई १ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।  

करिब एक दशक देखि अबोध, अनाथ बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार,शिक्षा, मनोरञ्जन प्रदान गर्दै आएको बालविकास समाजलाई बैंकले उक्त रकमबराबरको चेक हस्तान्तरण गरेको हो । बैंकले आफ्नो १७ औं वार्षिकोत्सव आगामी बैशाख ७ गते मनाउदै छ । सोही उपलक्ष्यमा यस संस्थालाई आर्थिक सहयोग प्रदान गरेको हो ।  

बैंकले एक समारोहका बीच उक्त सहयोग रकम संस्थाका कार्यक्रम अध्यक्ष सुवास गौतम लाई हस्तान्तरण गरेको जनाएको छ । बालविकास समाजमा रहेका ८० जना बालबालिका मध्ये १५ जना बालबालिकाको शिक्षा तथा स्वास्थ्य उपचारमा उक्त रकम खर्च गर्ने संस्थाका कार्यक्रम अध्यक्ष गौतमले जानकारी दिए ।

हरेक वर्ष बैंकले आफ्नो बार्षिक उत्सवको उपलक्ष्यमा सामाजिक रूपान्तरणका लागि कार्य गर्ने संस्थालाई आर्थिक सहयोग उपलब्ध गराँउदै आएको जनाएको छ । यसैको निरन्तरता स्वरूप बैंकले आफ्नो बार्षिक कार्यतालिका अनुसार उक्त सहयोग रकम हस्तान्तरण  गरेको हो ।

आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि  जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको जानकारी  गराएको छ ।

सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट १७ लाख ३८ हजार ग्राहकलाई बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ । हाल ५५ जिल्लामा आप्mनो सेवा प्रदान गर्दै आएको बैंकले यसै आर्थिक वर्ष थप ५ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्ने जनाएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.