काठमाण्डौ । नेपाली कांग्रेसका सभापति गगन थापाले राजिनामा दिएका छन् । थापाले उपसभापति विश्वप्रकाश शर्माालाई राजिनामा बुझाएका हुन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको नतिजापछि राजिनामाको तयारी गरेका थापालाई पार्टीका विभिन्न तहका नेताहरुले राजिनामा नदिन समेत सुझाव दिएका थिए ।
यसअघि काठमाडौं–४ बाट निर्वाचित हुँदै आएका थापा यसपटक सर्लाही–४ बाट उम्मेदवार थिए । उनलाई रास्वपाका डा अमरेशकुमार सिंहले पराजित गरेका हुन् ।

