काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट आएको छ । पछिल्लो २४ घण्टामा सुनको मूल्य ०.३२ प्रतिशत अर्थात प्रतिऔंस ६.५४ डलरले घटेको हो ।
यो गिरावटसँगै अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २०२०.९९ डलर कायम भएको छ ।
यस्तै सुनको मूल्यसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदीको मूल्य १.५४ प्रतिशत अर्थात ०.३५ डलरले घट्दै प्रतिऔंस २२.१७ डलर कायम भएको छ ।
नेपाली बजारमा भने छापावाल सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ४०० रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।