सोमबार, श्रावण १८,२०८३ 02:27:39
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:27:39
Bizshala
Global IME Bank Limited

सिटिजन्स बैंकद्वारा निःशुल्क स्वास्थ्य शविर सञ्चालन

सिटिजन्स बैंकद्वारा निःशुल्क स्वास्थ्य शविर सञ्चालन
New Office

काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले निःशुल्क स्वास्थ्य शिविरहरु सञ्चालन गरेको छ । बैंकले अगामी वैशाख ७ गते आउदै गरेको १७ औं वार्षिकोत्सव लाई मध्यनजर गर्दै चैत्र २४ गते शनिबार निःशुल्क स्वास्थ्य शिविरहरु सञ्चालन गरेको हो ।

बैंकले सुदुरपश्चिम प्रदेशअन्तर्गत सुख्खड शाखा र बागमती प्रदेशअन्तर्गत कपन शाखाको सक्रियतामा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो ।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले घोडाघोडी नगरपालिका ०८ आमफाँटा कैलालीमा अवस्थित स्थानिय सिएस अस्पताल सँगको सहकार्यमा निःशुल्क स्वास्थ्य परिक्षणका साथै निःशुल्क औषधी वितरण गरको छ । यसैगरी बागमती प्रदेशको काठमाण्डौ जिल्लाअन्तर्गत कपनशाखाले नेपलिज सोसाइटी अफ कम्यूनिटी मेडिसिनमा आवद्ध विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सहकार्यमा सफलतापूर्वक स्वास्थ्य शिविर सञ्चालन गरेको छ । कार्यक्रममा सरस्वती नगरको परिक्रमा र्यालीका साथै नसर्ने रोग र मानसिक स्वास्थ्य सम्बन्धी कक्षा सञ्चालन पनि भएको थियो ।  

यसका साथै बिरामीहरुको रक्तचाप, मधुमेह परीक्षणलगायत मानसिक स्वास्थ्य परामर्श र स्क्रिनिङ पनि गरिएको बैंकले जनाएको छ । उक्त स्वास्थ्य शिविरहरुमा करिब ३५० जना व्यक्तिहरुले स्वास्थ्य सेवा प्राप्त गरेको बैंकले जानकारी दिएको छ ।

सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा ए.टि.एम. र ९८ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ । हाल ५५ जिल्लामा आप्mनो सेवा प्रदान गर्दै आएको बैंकले यसै आर्थिक वर्ष थप ५ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्ने छ ।

 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.