Bizshala
  • शुक्रबार, चैत्र १३,२०८२ 05:55:10
Bizshala
Global IME Bank Limited

नवनियुक्त अर्थमन्त्रीको ‘कानुनी क्लिनअप’: खारेजीको निर्णय गरिएका १५ ऐन कुन-कुन ?(सूचिसहित)

Hyundai Nepal
नवनियुक्त अर्थमन्त्रीको ‘कानुनी क्लिनअप’: खारेजीको निर्णय गरिएका १५ ऐन कुन-कुन ?(सूचिसहित)
Shivam Cement

काठमाण्डौ । नवनियुक्त अर्थमन्त्री स्वर्णिम वाग्ले ले पदभार सम्हालेकै दिन १५ वटा पुराना तथा अप्रासंगिक ऐन खारेज गर्ने निर्णय लिएका छन्। उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसका आधारमा ती ऐन हटाउने प्रक्रिया अघि बढाइएको हो।

अर्थमन्त्री वाग्लेले वर्तमान आर्थिक संरचना र नीतिसँग मेल नखाने, दोहोरोपन र अनावश्यक नियन्त्रण सिर्जना गर्ने ऐनहरू हटाएर आर्थिक सुधारको बाटो खोल्ने बताएका छन्।

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

खारेज गर्न लागिएका १५ ऐन (सूची):

१. आय टिकट दस्तुर ऐन, २०१९

२. कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२

३. निजी वन जंगल राष्ट्रियकरण ऐन, २०१३

४. प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०१३

५. क्षतिपूर्ति ऐन, २०१९

६. विर्ता उन्मुलन ऐन, २०१६

७. विर्तावालले विर्तामा रकम लगाइ–लिन खान नपाउने ऐन, २०१५

८. राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२

९. विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१

१०. नेपाल एजेन्सी ऐन, २०१४

११. प्रादेशिक विकास योजना (कार्यान्वयन गर्ने) ऐन, २०१३

१२. निकासी–पैठारी (नियन्त्रण) ऐन, २०१३

१३. सामाजिक व्यवहार सुधार ऐन, २०३३

१४. नेपाली मुद्राको चलनचल्ती बढाउने ऐन, २०१४

१५. वित्तीय मध्यस्थताको काम गर्ने संस्थासम्बन्धी ऐन, २०५५

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

यी ऐनहरू खारेज गर्ने प्रस्ताव अब मन्त्रिपरिषद्मा पेश गरिनेछ र त्यहाँबाट पारित भएपछि औपचारिक रूपमा हट्नेछन्।

अर्थ मन्त्रालयका अनुसार यो कदमले आर्थिक नीतिमा स्पष्टता ल्याउने, अनावश्यक कानुनी झन्झट हटाउने र निजी क्षेत्रमैत्री वातावरण बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ।

Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.