काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले तत्काल रिहा गर्ने आदेश दिन अस्वीकार गरेको छ। अदालतले सरकारसँग स्पष्टीकरण माग्दै ‘कारण देखाऊ’ आदेश जारी गरेको हो।
न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले उक्त आदेश दिँदै ओलीलाई अहिलेका लागि हिरासतबाट छाड्ने निर्णय नगरेको हो। ओलीलाई गैरकानूनी रूपमा थुनामा राखिएको दाबी गर्दै उनकी पत्नी राधिकाले रिट दायर गरेकी थिइन्।
अदालतबाट तत्काल रिहाइ नआएपछि ओलीमाथि अनुसन्धान प्रक्रिया अब निरन्तर अघि बढ्ने भएको छ। यसअघि पनि सर्वोच्चले पूर्वगृहमन्त्री रमेश लेखकको समान प्रकृतिको रिटमा कारण देखाऊ आदेश जारी गरेको थियो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।