काठमाण्डौ । स्थानिय बजारमा आजपनि सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार सुन र चाँदीको मूल्यमा कुनैपनि परिवर्तन भएको छैन ।
आज सुनको कारोबार प्रतितोला २ लाख २ लाख ९४ हजारमा भईरहेको छ । गत शुक्रबार पनि सुनको यही मूल्य कायम थियो । आज १० ग्राम सुनको भाउ भने २ लाख ५२ हजार ६० रुपैयाँ कायम छ ।
यस्तै आज चाँदीको भाउ पनि स्थिर रहेको छ । चाँदीको भाउ आज प्रतितोला ४ हजार ८३० रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।