काठमाण्डौ । सोमबारको कारोबारमा सुनको मूल्यमा गिरावट आएको छ । सुनको मूल्य आज तोलामा २ हजार ६ सय रुपैयाँले सस्तिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज एक तोला सुनको भाउ २ लाख ९१ हजार ४ सय रुपैयाँ कायम हुन पुगेको छ । अघिल्लो दिन भने एक तोला सुन खरिद गर्न २ लाख ९४ हजार खर्चनु पर्थ्यो ।
आज १० ग्राम सुनको भाउ भने २ लाख ४९ हजार ८३० रुपैयाँ कायम भएको छ ।
यस्तै आज चाँदीको भाउ पनि ५० रुपैयाँले घटेको छ । यो गिरावटका साथ चाँदीको भाउ प्रतितोला ४ हजार ७८० रुपैयाँमा सीमित बनेको छ ।

