सोमबार, श्रावण १८,२०८३ 02:07:10
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:07:10
Bizshala
Global IME Bank Limited

राष्ट्रिय आर्थिक गणना तथा अनुसन्धान सहकार्य गर्न परिसंघ र तथ्याङ्क कार्यालयबीच समझदारी

राष्ट्रिय आर्थिक गणना तथा अनुसन्धान सहकार्य गर्न परिसंघ र तथ्याङ्क कार्यालयबीच समझदारी
New Office

काठमाण्डौ । नेपाल उद्योग परिसंघ (सीएनआई) र राष्ट्रिय तथ्याङ्क कार्यालयबीच राष्ट्रिय अर्थतन्त्रसँग सम्बन्धित विश्वसनीय तथ्याङ्क संकलन, विश्लेषण, अनुसन्धान तथा नीति निर्माणमा सहयोग पुर्याउने उद्देश्यले एक समझदारी भएको छ ।  

देशको आर्थिक विकास, औद्योगिक विस्तार तथा प्रभावकारी नीति निर्माणका लागि गुणस्तरीय र समयानुकूल तथ्याङ्क अत्यन्त आवश्यक हुन्छ । तथ्याङ्क प्रणाली विकासको लागि राष्ट्रिय रणनीति, निजी क्षेत्रसँग सम्बन्धित आर्थिक गतिविधिका तथ्याङ्क संकलन, विश्लेषण तथा उपयोगलाई सुदृढ गरी तथ्यांकीय गुणस्तर अभिवृद्धि गर्न सरकारी निकाय र निजी क्षेत्र संघसंस्थासँग सहकार्य समन्वय गर्ने रणनीति अनुरुप यो समझदारी भएको हो ।  

राष्ट्रिय तथ्याङ्क कार्यालयमा आज सोमबार आयोजित एक कार्यक्रममा कार्यालय प्रमुख डा. कमल प्रसाद पोख्रेल र परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेको उपस्थितीमा कार्यालयका निर्देशक डा. वेद प्रसाद ढकाल र परिसंघका महानिर्देशक डा. घनश्याम ओझाले हस्ताक्षर गरे ।  

सो अवसरमा परिसंघका अध्यक्ष पाण्डेले यो सहकार्यले निजी क्षेत्रसँग सम्बन्धित आर्थिक तथ्याङ्क संकलन, विश्लेषण तथा उपयोगलाई सुदृढ बनाउन सहयोग गर्ने बताए ।

 तथ्याङ्क कार्यालय प्रमुख डा. पोख्रेलले सरकारी तथा निजी क्षेत्रबीच तथ्याङ्क प्रणाली विकासमा सहकार्य, राष्ट्रिय अर्थतन्त्रसँग सम्बन्धित तथ्याङ्कको गुणस्तर सुधार तथा प्रयोग विस्तारमा सहयोगी हुने बताए ।  

समझदारी अनुसार परिसंघ र कार्यालयबीच राष्ट्रिय आर्थिक गणना, निजी क्षेत्र तथ्याङ्क प्रणाली विकास,  अनुसन्धान तथा नीति अध्ययन, तथ्याङ्क आदान–प्रदान, क्षमता विकास, प्रचारप्रसार तथा जनचेतनामा सहकार्य हुनेछ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.