काठमाण्डौ । स्थानिय बजारमा आज सुनको मूल्य बढेको छ । बुधबारको कारोबारमा सुनको मूल्य अघिल्लो दिनको तुलनामा ७ हजार २ सय रुपैयाँले बढेको छ ।
यससँगै सुनको कारोबार प्रतितोला २ लाख ९९ हजारमा भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन भने एक तोला सुनको मूल्य २ लाख ९१ हजार ८ सय रुपैयाँ कायम थियो ।
यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज २०५ रुपैयाँले बढ्दै प्रतितोला ५ हजार २५ रुपैयाँमा कारोबार हुँदैछ ।

