काठमाण्डौ । अन्तराष्ट्रि बजारमा पछिल्लो २४ घण्टाको अवधिमा सुनको मूल्य वृद्धि भएको छ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ०.५६ प्रतिशत अर्थात १३.०९ डलरले बढेको छ ।
यो समाचार तयार पार्दासम्म सुनको मूल्य प्रतिऔंस २ हजार ३५१.८२ डलर कायम भएको छ ।
सुनका साथै चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य ०.९५ प्रतिशत अर्थात ०.२७ डलरले बढेको छ । यो वृद्धिसँगै चाँदीको मूल्य प्रतिऔंस २८.१४ डलर कायम भएको छ ।
नेपाली बजारमा भने छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ३ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ६५० रुपैयाँमा कारोबार भईरहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।