काठमाण्डौ । ईरान र संयुक्त राज्य अमेरिकाबीच परमाणु कार्यक्रमसम्बन्धी दोस्रो चरणको वार्ताबारे प्रयास जारी रहेको छ। यसैबीच, ईरानले पाँच वर्षसम्म यूरेनियम संवर्धन स्थगित गर्ने प्रस्ताव अघि सारेको छ। तर, अमेरिकाले उक्त प्रस्ताव अस्वीकार गर्दै कम्तीमा २० वर्षसम्म संवर्धन रोक्नुपर्ने अडान राखेको छ।
यो जानकारी न्यूयोर्क टाइम्सले दुवै देशका अधिकारीहरूलाई उद्धृत गर्दै सार्वजनिक गरेको हो। रिपोर्टअनुसार, पाकिस्तानमा सम्पन्न पछिल्लो चरणको छलफलका क्रममा दुवै पक्षले परमाणु गतिविधि सीमित गर्ने फरक–फरक प्रस्तावहरू प्रस्तुत गरे पनि साझा सहमतिमा पुग्न सकेनन्।
यद्यपि, कूटनीतिक स्रोतहरूका अनुसार वार्ता पूर्ण रूपमा विफल भएको छैन र निकट भविष्यमा दोस्रो चरणको संवाद हुने सम्भावना कायमै रहेको छ। यसले सम्भावित शान्ति सम्झौताप्रति आशा जीवित राखेको छ।
अमेरिकाले लामो समयदेखि ईरानको परमाणु आकांक्षालाई क्षेत्रीय तथा विश्व सुरक्षा चुनौतीका रूपमा हेर्दै आएको छ। यसै सन्दर्भमा, आइतबार डोनाल्ड ट्रम्प ले पुनः दोहोर्याउँदै ईरानलाई परमाणु हतियार हासिल गर्न नदिने अमेरिकी प्रतिबद्धता दोहोर्याएका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।