काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानसँगको तनाव र सम्भावित युद्धबारे सकारात्मक संकेत दिदै यो युद्ध चाँडै अन्त्य हुनु पर्ने बताएका छन् । नेभाडामा आयोजित एक कार्यक्रममा बोल्दै उनले ईरानसँग सम्बन्धित मुद्दा राम्रो प्रगतिमा रहेको र यो चाँडै अन्त्य हुन सक्ने बताएका छन्।
ट्रम्पका अनुसार ईरानसँगको कूटनीतिक प्रयासले अपेक्षित दिशा लिइरहेको छ। उनले यसलाई सम्भावित समाधानतर्फको महत्वपूर्ण प्रगति भएको टिप्पणी गरेका छन्।
यसअघि ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले पाकिस्तानप्रति पनि सकारात्मक धारणा व्यक्त गरेका थिए। उनले पाकिस्तान राम्रो काम गरिरहेको उल्लेख गर्दै कुनै सम्झौता भएमा आफू इस्लामाबाद भ्रमण गर्न सक्ने संकेत दिएका छन्।
त्यसैगरी, पछिल्लो साता इस्लामाबादमा अमेरिका र ईरानी प्रतिनिधिहरूबीच लामो वार्ता भए पनि कुनै ठोस निष्कर्ष निस्किएको थिएन।
ह्वाइट हाउसका अनुसार वार्ताको दोस्रो चरणबारे छलफल जारी छ, तर यसको मिति र स्थान अझै तय भएको छैन।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।