सोमबार, श्रावण १८,२०८३ 04:55:35
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 04:55:35
Bizshala
Global IME Bank Limited

सोमबारदेखि सेयरबजारमा नयाँ नियम लागू, सूचीकृत कम्पनीको सेयरभाउ १५% सम्म घटबढ हुने

सोमबारदेखि सेयरबजारमा नयाँ नियम लागू, सूचीकृत कम्पनीको सेयरभाउ १५% सम्म घटबढ हुने
New Office

काठमाण्डौ । वैशाख ७ गते सोमबारदेखि सेयरबजारमा नयाँ नियम लागू हुने भएको छ । नेप्सेका प्रवक्ता मुराहरी पराजुलीका अनुसार सोमबारदेखि सेयरबजारमा ५ नयाँ व्यवस्था लागू हुने भएको हो ।  

अब बजारमा सर्किट ब्रेकको सीमा र सेयरमूल्य परिवर्तनको सीमा परिवर्तन हुनेछ । नेप्सेले ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’मा संशोधन गर्दै सोमबारदेखि लागू गरिने जनाएको छ ।  

संशोधित व्यवस्थाअनुसार अब सोमबारदेखि लागू हुनेगरी सूचीकृत कम्पनीहरुको सेयरमूल्यमा लाग्दै आएको सर्किट सीमा र प्री–ओपन सेसनको मापदण्डमा परिवर्तन हुने नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले बताए ।  

नेप्सेका अनुसार अबदेखि सूचीकृत कम्पनीको दैनिक सेयर घटबढ हुन पाउने सीमालाई १० प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्याइएको छ । अब कम्पनीहरुको सेयरभाउ १५ प्रतिशतसम्म घटबढ हुने सक्नेछ ।  

त्यस्तै, बजार खुल्नुअघि सञ्चालन हुने प्री–ओपन सेसन ((बिहान १०ः३० देखि १०ः४५ बजेसम्म) मा लागू हुने मूल्य सीमामा पनि परिवर्तन गरिएको छ । अब उक्त सेसनमा सेयरको मूल्य अधिकतम ५ प्रतिशतसम्म घटबढ गर्न पाइनेछ । यसअघि यो सीमा निकै न्यून भएकाले बजार खुल्नेबित्तिकै मूल्य सन्तुलनमा समस्या देखिने गरेको थियो ।  

त्यस्तै, नेप्से इन्डेक्सको सर्किट ब्रेकर प्रणालीमा पनि संशोधन गरिएको छ । नयाँ व्यवस्थाअनुसार कारोबार सुरु भएको पहिलो दुई घण्टाभित्र नेप्से परिसूचक ५ प्रतिशतले बढे वा घटेमा कारोबार १५ मिनेका लागि स्थगन गरिनेछ । यसअघि ४ प्रतिशत वा घटे वा बढेमा २० मिनेटसम्म बजार स्थगित गर्ने व्यवस्था थियो ।  

साथै ५ प्रतिशतको ब्रेकपछि बजार खुलेर नेप्से परिसूचक ८ प्रतिशतले घटे वा बढेमा उक्त दिनको लागि सम्पूर्ण कारोबार बन्द हुनेछ । यसअघि ६ प्रतिशतले बजार घटबढ भएमा बजार बन्द हुने व्यवस्था थियो ।  

त्यस्तै, संशोधित विनियमावली अनुसार नेपालको पुँजी बजारमा पहिलो पटक ‘अफ्टर मार्केट अर्डर’ प्रणाली लागू गर्न लागिएको छ। यस व्यवस्थाअन्तर्गत नियमित कारोबार समय बाहिर पनि सेयर किनबेचका लागि अर्डर दिन सकिनेछ ।

यसका साथै अब सोमबारदेखि नियमित कारोबार समयमा हुने प्रत्येक सेयर कारोबारमा मूल्य ३ प्रतिशतसम्म घटबढ हुन सक्नेछ । यसअघि भने २ प्रतिशतसम्म मात्रै मूल्य परिवर्तन हुने गरी अर्डर दिन पाइने व्यवस्था थियो। अब उक्त सीमालाई बढाएर ३ प्रतिशत पुर्याइएको  हो ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.