सोमबार, श्रावण १८,२०८३ 02:26:32
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:26:32
Bizshala
Global IME Bank Limited

विश्वकै तेस्रो ठूलो हवाई कम्पनी बन्यो इन्डिगो, लगानीकर्तालाई एक वर्षमा १०२.५५% रिटर्न

विश्वकै तेस्रो ठूलो हवाई कम्पनी बन्यो इन्डिगो, लगानीकर्तालाई एक वर्षमा १०२.५५% रिटर्न
New Office

काठमाण्डौं । भारतको हवाई विमान कम्पनी इन्डियो विश्वको तेस्रो ठूलो हवाई कम्पनी बनेको छ । इन्डिगोको बजार पूँजीकरण १७.६ बिलियन डलर पुगेको छ ।  

कम्पनीले साउथवेस्ट एअरलाइन्सलाई पछि पार्दै यो सफलता हासिल गरेको हो । विश्व एअरलाइन्सको यो सूचीको पहिलो स्थानमा अमेरिकी कम्पनी डेल्टा रहेको छ । यो कम्पनीको बजार पूँजीकरण ३०.४ बिलियन डलर छ ।  

यस्तै रायनएअर होल्डिङस् २६.५ बिलियन डलर बजार पूँजीकरणका साथ दोस्रो स्थानमा छ ।  

गत वर्षको मार्च महिनामा बजार पूँजीकरणका आधारमा इन्डिगो विश्वको १४ औं ठूलो कम्पनीको रुपमा रहेको थियो । कम्पनीले डिसेम्बर २०२३ मा यूनाइटेड एअरलाइन्सलाई पछि पारेको थियो । र यो वर्षको जनवरीमा एअर चाइना र फेब्रुअरीमा सिंगापुर एअरलाइन्सलाई उछिनेको थियो ।  

कम्पनीको सेयरले पछिल्लो एक वर्षमा लगानीकर्तालाई १०२.५५ प्रतिशतको रिटर्न दिएको छ । पछिल्लो ६ महिनामा यसमा ५०.२५ प्रतिशत,एक महिनामा १८.२५ प्रतिशत र यो वर्षको जनवरीदेखि अहिलेसम्म २७.७८ प्रतिशतको बढोत्तरी आएको छ । आज कम्पनीको सेयरमूल्य ४.७३ प्रतिशतले वृद्धि भएर प्रतिकित्ता ८३०६ भारुमा बन्द भएको छ ।  

डायरेक्टोरेट जनरल अफ सिभिल एभियशन(डीजीसीए)को ताजा आँकडा अनु्सार,भारतको उड्डयन क्षेत्रमा इन्डिगोको हिस्सा ६०.२ प्रतिशत छ । यात्रु संख्याको आधारमा कम्पनी दोस्रो स्थानमा छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.