काठमाण्डौ । स्थानिय बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । बुधबारको कारोबारमा बहुमूल्य पहेँलो धातु सुनको मूल्य ८ सय रुपैयाँले घटेको हो ।
यो गिरावटसँगै आज एक तोला सुनको मूल्य ३ लाख ५ सय रुपैयाँमा भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन भने एक तोला सुनको मूल्य ३ लाख १ हजार ३ सय रुपैयाँ कायम थियो ।
यस्तै आज चाँदीको भाउ पनि घटेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार १६० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज ३० रुपैयाँले ओरालो लाग्दै ५ हजार १३० रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।