काठमाण्डौ । स्थानिय बजारमा आज बहुमूल्य पँहेलो धातु सुनको मूल्यमा गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा आज सुन १८ सय रुपैयाँले सस्तिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार ७ सय रुपैयाँमा सीमित बनेको छ । अघिल्लो दिन भने एक तोला सुनको मूल्य ३ लाख ५ सय रुपैयाा कायम थियो ।
यसैगरी आज चाँदी पनि सस्तिएको छ । चाँदीको भाउ आज ११० रुपैयाँले घट्दै प्रतितोला ५ हजार २० रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।