काठमाण्डौ । स्थानिय बजारमा सुनको मूल्य घट्ने क्रम आजपनि जारी रहेको छ । अघिल्लो दिन १८ सय रुपैयाँले ओरालो लागेको सुनको भाउ आजपनि घटेको हो ।
बहुमूल्य पँहेलो धातु सुनको मूल्य आज २ हजार २ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ५ सय रुपैयाँमा सीमित बनेको छ ।
अघिल्लो दिन भने एक तोला सुनको मूल्य २ लाख ९८ हजार ७ सय रुपैयाा कायम थियो ।
यसैगरी आज चाँदी पनि सस्तिएको छ । चाँदीको भाउ आज ७५ रुपैयाँले घट्दै प्रतितोला ४ हजार ९४५ रुपैयाँ कायम भएको छ ।

