काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मार्च महिनामा ५१ मिलियन अमेरिकी डलरबराबरको बोण्ड खरिद गरेको विवरण सार्वजनिक भएको छ। शनिबार जारी गरिएको वित्तीय खुलासामा उनको लगानी गतिविधि सम्बन्धी विस्तृत जानकारी समेटिएको छ।
अमेरिकी सरकारको अफि अफ गभरमेन्ट इथिक्स(ओजीई)द्वारा प्रकाशित प्तिवेदन अनुसार, ट्रम्पले गत महिना कुल १७५ वटा वित्तीय कारोबार गरेका थिए। यी कागजातहरूले प्रत्येक खरिद वा बिक्रीको ठ्याक्कै रकम नभई, अनुमानित मूल्य दायरा मात्र देखाउँने जनाइएको छ।
खुलासा भएका धेरैजसो सम्पत्तिहरू म्युनिसिपल बोण्ड रहेका छन्, जुन राज्य, काउन्टी, विद्यालय जिल्ला तथा सार्वजनिक–निजी साझेदारीसँग सम्बन्धित संस्थाहरूले जारी गरेका हुन्।
ट्रम्पका २६ ठूला कारोबारहरू, प्रत्येक १ देखि ५ मिलियन अमेरिकी डलरको दायरामामा रहेका छन् । उनको लगानी मुख्यतः म्युनिसिपल बोण्ड र अमेरिकी ट्रेजरीमा केन्द्रित थिए।
उनले वयहेसर र जनरल मोटरद्वारा जारी गरिएका कर्पोरेट बोण्डहरु पनि खरिद गरेका छन्।
साथै, उनले उच्च–प्रतिफल बोण्ड सूचकांक ट्र्याक गर्ने एक्सचेन्ज–ट्रेडेड फन्डमा पनि लगानी गरेका छन्।
यस्तै उर्जा, प्रविधि, स्वास्थ्य तथा वित्तीय सेवा क्षेत्रका विभिन्न कम्पनीहरूमा पनि बन्ड लगानी गरिएको देखिएको छ।

