काठमाण्डौ । स्थानिय बजारमा सुनको मूल्य घट्ने क्रम रोकिएको छ । आइतबारको कारोबारमा सुनको मूल्य वृद्धि भएसँगै पछिल्लो केही दिनदेखिको गिरावट थामिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य २ हजार ७ सय रुपैयाँले बढेको छ । यो वृद्धिसँगै बहुमूल्य पँहेलो धातु सुनको मूल्य आज प्रतितोला २ लाख ९९ हजार २ सय रुपैयाँ कायम भएको छ । गत शुक्रबार भने एक तोला सुनको भाउ २ लाख ९६ हजार ५ सय रुपैयाँ कायम थियो ।
यस्तै आज १० ग्राम सुनको मूल्य २ लाख ५६ हजार ५१५ रुपैयाँ पुगेको छ ।
यसैगरी आज चाँदी पनि बढेको छ । चाँदीको भाउ आज ५० रुपैयाँले बढ्दै प्रतितोला ४ हजार ९९५ रुपैयाँ कायम भएको छ ।

