काठमाण्डौ । स्थानिय बजारमा सुनको मूल्य आजपनि बढेको छ । अघिल्लो दिन २७ सय रुपैयाँले बढेको सुनको भाउ आजपनि बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १३ सय रुपैयाँले बढेको छ । यससँगै सुनको कारोबार प्रतितोला ३ लाख ५ सय रुपैयाँमा भईरहेको छ । अघिल्लो दिन भने एक तोला सुनको भाउ २ लाख ९९ हजार २ सय रुपैयाँ कायम थियो ।
यस्तै आज १० ग्राम सुनको मूल्य २ लाख ५७ हजार ६३० रुपैयाँ पुगेको छ ।
यसैगरी आज चाँदी पनि बढेको छ । चाँदीको भाउ आज ९० रुपैयाँले बढ्दै प्रतितोला ५ हजार ४५ रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।