सोमबार, श्रावण १८,२०८३ 02:28:54
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:28:54
Bizshala
Global IME Bank Limited

डिपिएसमा नबिलको ६७% को छलाङ, एनपीएलमा चमत्कारिक सुधार हुँदा प्रमुख सूचकहरूमा उत्साहजनक प्रगति

डिपिएसमा नबिलको ६७% को छलाङ, एनपीएलमा चमत्कारिक सुधार हुँदा प्रमुख सूचकहरूमा उत्साहजनक प्रगति
New Office

काठमाण्डौ । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो ९ महिनामा देखाएको प्रगतिलाई बाँकी ३ महिनामा पनि कायम राख्न सके सेयरधनीले उच्च लाभांश पाउने क्षमता बन्ने देखिएको छ ।

बैंकले आज प्रकाशित गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणले यस्तो संकेत गरेको हो । विवरणअनुसार, गत वर्षको यही अवधिमा १२.६८ रुपैयाँमा सीमित प्रतिसेयर नाफा (डिपिएस, वार्षिकीकरण) बढेर २१.१६ रुपैयाँ पुगेको छ ।

गत वर्ष २ अर्ब ८७ करोडमा सीमित वितरणयोग्य मुनाफा बढेर यो वर्ष ४ अर्ब ३७ करोडभन्दा माथि पुगेसँगै डिपिएसमा पनि करिब ६७ प्रतिशतको उछाल देखिएको हो ।

बैंकले खराब कर्जा अनुपात (एनपीएल)मा गरेको चमत्कारिक सुधारका कारण अधिकांश प्रमुख वित्तीय सूचकहरूमा सकारात्मक उछाल देखिएको छ । अघिल्लो वर्षको ९ महिनामा १.५९ प्रतिशत रहेको यस्तो अनुपात घटेर समीक्षा अवधिमा ०.९८ प्रतिशतमा सीमित भएको छ ।

बैंकले अघिल्लो वर्ष ११.३० प्रतिशतमा सीमित रिटर्न अन इक्विटी (आरओई) बढाएर १३.६६ प्रतिशत तथा १.१६ प्रतिशतमा सीमित रिटर्न अन एसेट (आरओए) बढाएर १.३४ प्रतिशत पुर्‍याएको छ ।

बैंक व्यवस्थापनले रिकभरीमा केन्द्रित भई खराब कर्जा घटाउन सफल भएको र केही लचक नियामकीय व्यवस्थाको प्रभावले सम्भावित कर्जा जोखिम व्यवस्थापनका लागि छुट्याउनुपर्ने रकम उल्लेख्य रूपमा घटेको छ । गत वर्ष यही अवधिमा २ अर्ब २९ करोड छुट्याइएको यस्तो रकम यो वर्ष घटेर करिब ४८ करोडमा सीमित भएको छ ।

नौ महिनामा बैंकको खुद नाफा ६ अर्ब ७६ करोडभन्दा माथि पुगेको छ, जुन अघिल्लो वर्ष ५ अर्ब ५ करोडमा सीमित थियो ।

यस्तै, अघिल्लो वर्ष ७ अर्ब ६२ करोडमा सीमित सञ्चालन मुनाफा बढेर ९ अर्ब ६१ करोडभन्दा माथि पुगेको छ ।

समीक्षा अवधिमा बैंकले १२ अर्ब ४५ करोडभन्दा बढी खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी १२ अर्ब ५ करोडमा सीमित थियो ।

नाफामा उत्साहजनक वृद्धिसँगै गत वर्ष २५.०५ रुपैयाँमा सीमित वार्षिकीकृत प्रतिसेयर आम्दानी (इपीएस) बढेर यो वर्ष ३३.०२ रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिसम्म बैंकले ५ खर्ब ७८ अर्ब ३४ करोडभन्दा बढी निक्षेप संकलन गरी ४ खर्ब ४७ अर्ब ९४ करोडभन्दा बढी कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष सोही अवधिसम्म ५ खर्ब २४ अर्ब ६२ करोड निक्षेप संकलन गरी ४ खर्ब १० अर्ब ९९ करोड कर्जा परिचालन गरिएको थियो ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ २४३.३० रुपैयाँ, मूल्य–आम्दानी अनुपात १६.०५ गुणा, प्रतिसेयर कुल सम्पत्ति २,६५५.२४ रुपैयाँ तथा तरलता अनुपात २८.९२ प्रतिशत कायम रहेको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.