सोमबार, श्रावण १८,२०८३ 02:29:12
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:29:12
Bizshala
Global IME Bank Limited

सिभिल बैंकको रोगले थिलथिलो बनाइदियो हिमालयन बैंकलाई, खराब कर्जा बढेर ८%, वितरणयोग्य घाटा रु. १० अर्ब

सिभिल बैंकको रोगले थिलथिलो बनाइदियो हिमालयन बैंकलाई, खराब कर्जा बढेर ८%, वितरणयोग्य घाटा रु. १० अर्ब
New Office

काठमाण्डौ । नियामकीय दवाबका कारण खराब संस्थासँग मर्ज गर्दा एउटा बलियो वित्तीय संस्था कसरी कमजोर बन्छ भन्ने उदाहरण बनेको छ हिमालयन बैंक लिमीटेड ।  

वित्तीय प्रदर्शनसँगै लाभांश क्षमता पनि उच्च बनाएर लगानीकर्ताहरुका लागि सधैं आकर्षित गर्दै आएको यो बैंकले जब खराब कर्जा र अन्य वित्तीय गडबडीले ग्रस्त भएको सिभिल बैंकलाई मर्ज गर्यो, त्यसपछि अवस्था खराब बन्दै गएको देखिन्छ । सिभिल बैंक टेकओभर गर्दा त्यहाँ व्याप्त वित्तीय रोगले स्वस्थ अवस्थाको हिमालयन बैंकलाई समेत कमजोर बनाउँदै लगेको पछिल्लो समयमा वित्तीय विवरणहरुले देखाएको छ । 

चालु आर्थिक वर्षको तेश्रो त्रैमासको वित्तीय विवरणमा समेत सिभिल बैंकको समस्याको प्रभाव घट्नुको साटो अझै बढ्दै गएको देखिएको छ । सबैभन्दा ठूलो  चिन्ताको विषय यो बैंकको खराब कर्जा अनुपात घट्नुको साटो बढिरहेको छ । उदाहरणका लागि गत वर्षको यही अवधिमा ७.६८ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर यो वर्ष ७.९८ प्रतिशत पुगेको छ ।  

खराब कर्जा बढेकै कारण सम्भावित  कर्जा जोखिम व्यवस्थापनका कमाएको ठूलो रकम छुट्याउनु पर्दा बैंकको नाफा लगायतका महत्वपूर्ण सूचकहरु प्रत्यक्ष प्रभावित भएका देखिएको छ ।  

बैंकले खराब कर्जाको जोखिम व्यवस्थापनका लागि मात्रै ३ अर्ब १२ करोड बढी रकम छुट्याउने अवस्था आइलागेको छ । गत वर्ष यही अवधिमा १ अर्ब ३२ करोड हाराहारीमा मात्र छुट्याउनु परेको थियो । यही अवस्थाका कारण बैंकको खूद नाफा ७६ करोड २५ लाखमा सीमित बन्न पुगेको छ । अघिल्लो वर्ष यही अवधिमा त बैंकको नाफा ५० करोड रुपैयाँ मात्र थियो । 

अघिल्लो वर्ष ३ अर्ब ८१ करोड रहेको सञ्चालन मुनाफा घटेर यो वर्ष १ अर्ब १५ करोडमा सीमित बनेको छ भने बैंकको मुख्य आम्दानीको स्रोत खूद ब्याज आम्दानी पनि गत वर्षको यही अवधिको ७ अर्ब ७५ करोडबाट घटेर ६ अर्ब ८३ करोडमा सीमित बन्न पुगेको छ ।  

यिनै अवस्थाको प्रतिफल बैंकको वितरणयोग्य मुनाफा १० अर्बले ऋणात्मक बन्न पुगेको छ, जुन अघिल्लो वर्ष ७ अर्ब ३६ करोडले ऋणात्मक थियो ।  

अघिल्लो वर्ष यही अवधिसम्म ३.०८ रुपैयाँ रहेको वार्षिकीकृत इपीएस बढेर ४.५० रुपैयाँ पुगेको छ । नाफा बढ्दाको प्रभाव इपीएससहित रिटर्न अन इक्वीटी(आरओई) र रिटर्न अन एसेट(आरओए)मा पनि देखिएको छ । जसअनुसार अघिल्लो वर्ष १.८१ प्रतिशत रहेको आरओई बढेर यो वर्ष २.६९ प्रतिशत तथा ०.१८ प्रतिशतमा सीमित आरओए बढेर ०.२६ प्रतिशत पुगेको छ ।  

समीक्षा अवधिसम्म बैंकले ३ खर्ब ३८ अर्ब १८ करोड बढी निक्षेप संकलन गरी २ खर्ब ३१ अर्ब ४१ करोड बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षसम्म ३ अर्ब ९ अर्ब १५ करोड बढी निक्षेप संकलन गरी २ खर्ब ३० अर्ब बढी कर्जा परिचालन गरेको थियो ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.