सोमबार, श्रावण १८,२०८३ 02:27:33
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:27:33
Bizshala
Global IME Bank Limited

ब्याज आम्दानीसँगै घट्यो स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा, लाभांश क्षमतामा समेत ह्रास

ब्याज आम्दानीसँगै घट्यो स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा, लाभांश क्षमतामा समेत ह्रास
New Office

काठमाण्डौ । ब्याज आम्दानीमा संकुचन आउदा स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा घटेको छ । बैंकले समीक्षा अवधिसम्म २ अर्ब ८ करोड रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिससम्म बैंकले आर्जन गरेको तुलनामा ४.२४ प्रतिशतले कम हो ।

अघिल्लो आवको तेस्रो त्रैमाससम्म बैंकले २ अर्ब १७ करोड रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।

यस्तै बैंकको खुद ब्याज आम्दानी समेत १०.०६ प्रतिशतले घटेर २ अर्ब ९१ करोडमा सीमित बनेको छ । बैंकको वितरणयोग्य मुनाफामा समेत कमी आएको छ । अघिल्लो आवमा १  अर्ब ४७ करोड रुपैयाँ रहेको वितरणयोग्य मुनाफा घटेर १ अर्ब ३५ करोड रुपैयाँमा सीमित बनेको छ ।

लाभांश क्षमता समेत १९.३५ प्रतिशतबाट घटेर १७.६७ प्रतिशतमा आईपुगेको छ ।

समीक्षा अवधिमा बैंकको निक्षेप संकलन १ खर्ब २५ अर्बबाट बढेर १ खर्ब ४५ अर्ब पुगेको छ । यस्तै कर्जा परिचालन भने ७२ अर्ब ८९ करोडबाट घटेर ६८ करोड ४७ लाखमा सीमित बनेको छ । बैंकको रिटेन्ड अर्निङ १ अर्ब ३५ करोड र रिजर्भ कोषमा १० अर्ब ५५ करोड सञ्चित रहेको छ ।

यस्तै बैंकको खराब कर्जा अनुपात १.४४ प्रतिशतबाट बढेर १.८१ प्रतिशत पुगेको छ । बैंकको रिर्टन अन इक्विटी १२.८७ प्रतिशत,आधार दर ४.३७ प्रतिशत, कस्ट अफ फण्ड २.६१ र सिडिी रेसियो ५२.९५ प्रतिशत रहेको छ ।  

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी २७.६४ रुपैयाँ, पीई अनुपात २३.५५ गुणा र प्रतिसेयर नेटवर्थ २१८.५९ रुपैयाँ कायम भएको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.