सोमबार, श्रावण १८,२०८३ 02:28:26
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 02:28:26
Bizshala
Global IME Bank Limited

लक्ष्मी सनराइज बैंकको नाफा २३.३६% ले बढ्यो, लाभांश क्षमता र ईपीएस कति ?

लक्ष्मी सनराइज बैंकको नाफा २३.३६% ले बढ्यो, लाभांश क्षमता र ईपीएस कति ?
New Office

काठमाण्डौ । लक्ष्मी सनराइज बैंकको खुद नाफा २३.३६ प्रतिशतले बढेको छ । बैंकले चालु आवको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै समीक्षा अवधिसम्म २ अर्ब ३ करोड रुपैयाँबराबरको खुद नाफा कमाएको जनाएको छ ।

अघिल्लो आवको सोही अवधिसम्म भने बैंकको खुद नाफा १ अर्ब ६५ करोडमा सीमित थियो ।

यस्तै बैंकको खुद ब्याज आम्दानीमा भने ०.२१ प्रतिशतको झिनो गिरावट आएको छ । अघिल्लो आवमा ७ अर्ब ८९ करोड रुपैयाँ रहेको ब्याज आम्दानी ७ अर्ब ८७ करोडमा सीमित बनेको छ । बैंकको खुद शुल्क तथा कमिशन आम्दानी १ अर्ब ५२ करोडबाट बढेर १ अर्ब ७३ करोड पुगेको छ ।

यो अवधिमा बैंकको खराब कर्जा अनुपात र कस्ट अफ फण्ड घटेको छ । बैंकको खराब कर्जा अनुपात ५.८६ प्रतिशतबाट घटेर ५.२९ प्रतिनशत कायम भएको छ ।

यस्तै बैंकको कस्ट अफ फण्ड समेत ३.४५ प्रतिशतमा सीमित बनेको छ । अघिल्लो आवमा कस्ट अफ फण्ड ४.७१ प्रतिशत रहेको थियो । यो अवधिमा बैंकको निक्षेप संकलन र कर्जा प्रवाह दुवै बढेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म ३ खर्ब ६७ अर्ब रहेको बैंकको निक्षेप संकलन बढेर ४ खर्ब ३ अर्ब पुगेको छ । यस्तै कर्जा प्रवाह पनि २ खर्ब ७४ अर्बबाट बढेर ३ खर्ब २ अर्ब पुगेको छ ।

बैंकको वितरणयोग्य मुनाफा ३३.२० प्रतिशतले घटेर ५१  करोड ६१ लाखमा सीमित बनेको छ । लाभांश क्षमता पनि ३.१७ प्रतिशतबाट खस्किएर १.९३ प्रतिशतमा सीमित बन्न पुगेको छ ।

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी १०.१५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १७५.०८ रुपैयाँ, मूल्य आम्दानी अनुपात २१.२४ गुणा र तरलता अनुपात ३०.११ प्रतिशत कायम भएको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.