काठमाण्डौ । कर्पोरेट डेभलपमेन्ट बैंकको खुद नाफा १७१.४२ प्रतिशतले बढेको छ । बैंकले चालु आवको तेस्रो त्रैमाससम्म ४ करोड ८२ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने बैंकको खुद नाफा १ करोड ७७ लाख रहेको थियो ।
बैंकको खुद ब्याज आम्दानी पनि २३.२७ प्रतिशतले बढेर ६ करोड ७७ लाख पुगेको छ । यस्तै खुद सञ्चालन आम्दानी ५ करोड २२ लाखबाट बढेर १३ करोड ३९ लाख र सञ्चालन मुनाफा २ करोड ४८ लाखबाट बढेर ९ करोड ६० लाख पुगेको छ ।
यद्यपी बैंकको वितरणयोग्य मुनाफा भने ५ करोड १४ लाख रुपैयाँले ऋणात्मक बनेको छ । यो अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज ६ करोड १३ लाखले रिर्भसल भएको छ भने खराब कर्जा अनुपात १३.०९ प्रतिशतबाट घटेर ६.३६ प्रतिशतमा सीमित बनेको छ ।
समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी १२.३६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १४०.१२ रुपैयाँ र तरलता अनुपात ६०.१४ प्रतिशत कायम भएको छ ।

