काठमाण्डौ । स्थानिय बजारमा सुनको मूल्य आजपनि घटेको छ । अघिल्लो दिन ३ हजार रुपैयाँले घटेको सुनको भाउ आजपनि सस्तिएको हो ।
आज पनि सुनको मूल्य ३ हजार रुपैयाँले नै घटेको छ । यो गिरावटसँगै आज सुनको कारोबार प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँमा भईरहेको नेपाल सुनचाँदली व्यवसायी महासंघले जनाएको छ ।।
अघिल्लो दिन एक तोला सुनको भाउ २ लाख ९७ हजार ५ सय रुपैयाँ कायम थियो ।
यस्तै आज १० ग्राम सुनको भाउ २ लाख ५२ हजार ४८५ रुपैयाँ कायम छ ।
यो दिन चाँदीको भाउ समेत घटेको छ । चाँदी आज ३० रुपैयाँले घट्दै प्रतितोला ४ हजार ९१५ रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।